नियम ६१
कार्ययोजनाको कार्यान्वयन
(१) साझेदारी वनको स्वीकृत कार्ययोजनाको कार्यान्वयन साझेदारी वन व्यवस्थापन समितिले गर्नेछ।

(२) साझेदारी वनको कार्ययोजनाको कार्यान्वयन गर्दा साझेदारी वन व्यवस्थापन समितिले स्वीकृत : कार्ययोजनाको अधीनमा रही वार्षिक कार्यक्रम तयार गरी नियम १२२ बमोजिमको जिल्ला वनक्षेत्र समन्वय समितिलाई जानकारी दिई गर्नु पर्नेछ।

(३) साझेदारी वनको स्वीकृत कार्ययोजना कार्यान्वयनको लागि डिभिजन वन, कार्यालयले आवश्यक पर्ने कर्मचारी खटाउनु पर्नेछ।

(४) साझेदारी वनको कार्ययोजनाको तयारी तथा कार्यान्वयनका लागि व्यवस्थापन समितिले वन प्राविधिक, विभिन्न निकाय र सङ्घ संस्थाबाट सहयोग लिन तथा सेवा खरिद गर्न सक्नेछ।